रहस्यमय बन्दै नर्स आत्महत्या प्रकरण, घरमा २ श्रीमती भएको कुरा लुकाएका थिए तामाङले !

रहस्यमय बन्दै नर्स आत्महत्या प्रकरण, घरमा २ श्रीमती भएको कुरा लुकाएका थिए तामाङले !

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलमा बुधवार एकजना युवती मृत फेला परिन् । उनी मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ्स्थित स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्की थिइन् । यतिखेर कोरोना कहरका कारण सर्वत्र लकडाउन छ । चैतदेखि शुरु भएको लकडाउनले उनी पनि उतै अड्केकी थिइन् । 

नियमितजसो घरमा सम्पर्क भइरहन्थ्यो । फोनमा आफूलाई ठीकै रहेको बताउँथिन् । गत माघमा केही दिनको छुट्टीमा मोरङ्, उर्लाबारी आइतवारेस्थित घर आउँदा भने त्यहाँ काम गर्न धेरै गाह्रो भएको भन्दै रोएकी थिइन् । तर, परिवारले लामो समय घर परिवारमा बसेर हुर्केकाले बिरानो ठाउँमा जागिर खान जाँदा न्यास्रोले त्यसो भनेकी होलिन् भन्दै सहज तरिकाले लिएको थियो ।

अहिले अप्रत्यासित रूपमा उनले आत्महत्या गरेको खबर आएपछि परिवार र आफन्त शोकमा डुबेका छन् । लकडाउनले मुलुक नै ठप्प भएको र कोरोनाको उपचार गर्ने बेलामा एउटी स्वास्थ्यकर्मीले के कारणले आत्महत्या गर्नुपर्यो होला ? घटना रहस्यमय र सोचनीय देखिएको छ । देशले कोरोनाको महमारीमा एउटा सिपाहि गुमाएको छ।

प्रहरीले उनी कार्यरत स्वास्थ्य केन्द्र बनाउने ठेकेदार नुवाकोट, तारकेश्वर-५ का खम्बसिङ्ग तामाङलाई यस प्रकरणमा गिरफ्तार गरी अपहरण,शरीर बन्धक र आत्महत्या दुरुत्साहनमा अदालतबाट म्याद थपेको छ १ पहिला भने आत्महत्याको अभिलेख राखिएको थियो । घरमा दुई पत्नी हुँदाहुँदै २२ बर्षकी नर्स तनुजासङ्गसमेत नजिकिएको र १० गते सङ्गै सदरमुकाममा बाइक चढेर आई १३ गतेसम्म होटेलको उक्त कोठामा बसेर छाडी गएको प्रत्यक्षदर्शीहरुको भनाइका आधारमा थप छानविनका निम्ति तामाङ्गलाई समातिएको त्यहाँका प्रहरी प्रमुख नविनकिशोर प्रधानले बताए । तामाङले घरमा २ श्रीमती भएको कुरा तनुजासँग लुकाएको पनि प्रधानले बताए ।

https://nepaldaily.com/news/4342