भारतबाट आएका एक युवकको क्वारेन्टाइनमै मृत्यु, कोरोनाको रिपार्ट आजै आउने

भारतबाट आएका एक युवकको क्वारेन्टाइनमै मृत्यु, कोरोनाको रिपार्ट आजै आउने

दैलेख । दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा। पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे । 

‘गत ७ गते उनी भारतबाट आएका थिए । भारतबाट आएका कारण उनीसहितको टोलीलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले बताए   ‘उनी बिहान चिया र विस्कुट खाएपछि ढलेका थिए ।’

उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने  नगरप्रमुख भण्डारीले बताए ।