महन्थ ठाकुरकाे चेतावनीः सधैँ झुटाे आश्वासन मात्र पायाैँ, तर अब हामी छाड्दैनाैँ

महन्थ ठाकुरकाे चेतावनीः सधैँ झुटाे आश्वासन मात्र पायाैँ,  तर अब हामी छाड्दैनाैँ

काठमाडाैं। राष्ट्रिय जनता पार्टी राजपाले सरकारले आफूहरुले उठाउँदै आएका माग सम्बाेधनमा गम्भीरता नदेखाए सरकारले ल्याएकाे संविधान संशाेधन विधेयकमा पनि समर्थन गर्न कठिन  हुने जनाएकाे छ । 

शुक्रबार गैर सरकारी विधेयकको रुपमा आफ्ना मागहरु समेटेर संविधान संशोधनको प्रस्ताव लिएर संसद सचिवालय पुगेका राजपा नेताहरुले यस्ताे चेतावनी दिएका हुन् । तर सचिवालयले उनीहरुकाे विधेयक दर्ता गर्न मानेन । 

विधेयक दर्ता नभएपछि आक्रोशित बनेको राजपा नेता महन्थ ठाकुरले अब नयाँ नक्सा अनुसार निशान छाप  परिवर्तन गर्न ल्याइएकाे संविधान संशोधन विधेयकको पक्षमा उभिन पनि कठिन हुने उनको भनाइ छ ।

'कांग्रेस र माओवादी सरकार भएका बेला मधेशका लागि संविधान संशोधन गर्ने गरि जुन संशोधन आएको थियो। त्यसबेला एमालेले भोट नदिदाँ अगाडि बढेन। त्यसैलाई फेरि लिएर आएका हाैं । तर खाेइ माथिबाट के आदेश आयाे दर्ता भएन,' उनकाे भनाइ छ ।

आफूहरुले सर्वदलीय बैठकमा पनि आफ्ना कुरा प्रस्टसँग राखिसकेको भन्दै ठाकुरले आफ्ना मागमा जनताको भावना जोडिएको भन्दै सँगै लिएर जानु पर्ने कुरा पटक पटक राखेको दाबी गरे । उनले भने,'यसलाई सम्बोधन गरेर संशोधन मार्फत् हामीहरुको जे समस्या छ त्यसलाई समाधान गर्नुहोस् यदि भएन भने जनता आक्रोशित हुन्छ, मधेश आक्रोशित हुन्छ। हाम्रो भनाई थियो । आक्रोशित जनता राष्ट्रिय एकताको पक्षमा जाँदैन।'

सरकारले पटक पटक आफूहरुको माग सम्बोधन गर्छौं भनेर झुटो आस्वासन दिएको भन्दै अब संवाद पनि कठिन हुने बताए ।

सीमा विवादको विषय देशका अन्य ठाउँमा पनि भएको भन्दै भने, 'विवाद अरु ठाउँमा पनि छ। कालपानी, लिम्पियाधुरामा मात्र छैन। त्यो कुराहरु पनि अब उठ्छ। सुगौली सन्धीमा धेरै कुरा आएको छैनु । त्यो कुरा अब उठ्छ। त्यो पनि विवादको विषय बन्छ अब। छोड्दैनौँ हामी।'