आजै थपिए १७० संक्रमित, कुन जिल्लामा कति संक्रमित ?

आजै थपिए १७० संक्रमित, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । आजै १७० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । 

१७० संक्रमितमध्ये  झापाका २७ जना, धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ ।

संक्रमितमध्ये ६ जनाको निधन भैसकेको छ । कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ९९,३३६ व्यक्ति क्वारन्टीन र १,००० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

हालसम्म नेपालका ५२ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।