रौतहटमा आज एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहटमा आज एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटमा आज एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउँका व्यक्तिमा गरिएको परीक्षणका क्रममा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे ।

राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको प्रजिअ घिमिरेले बताए । योसँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए । शुक्रबार भेटिएका सबै संक्रमित भारतका विभिन्न शहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको उनले बताए ।