काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएका नेपाली सेनाका उपरथी शुरेस कुमार कार्की डिस्चार्ज भएका छन् । कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि भएपछि १२ दिन अघि सशस्त्र प्रहरी बलको बलम्वुस्थित कोभिड १९ अस्पतालमा उपचारर्थ भर्ना गरिएको थियो ।
कार्कीको दुवै रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालवाट डिस्चार्ज गरिएको हो । कार्कीको उपचारमा सशस्त्र प्रहरीका डाक्टर र नर्सहरु खटिएका थिए ।