आक्रामक रुपमा बढ्दै कोरोना संक्रमणः एकैदिन करिब दुई सय संक्रमित थपिए, हिमाली जिल्लामा पनि फैलियो संक्रमण

आक्रामक रुपमा बढ्दै कोरोना संक्रमणः एकैदिन करिब दुई सय संक्रमित थपिए, हिमाली जिल्लामा पनि फैलियो संक्रमण

पर्सा र रौतहटमा पुनः संक्रमित थप भएका छन् । सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुका अनुसार पर्सामा ४ र रौतहटमा १७ जना संक्रमित थपिएका हुन् । प्रदेश २ मा २१ जना थपिएसँगै संक्रमितको संख्या एक हजार ७३ पुगेको छ । बिहीबार साँझ कपिलवस्तुमा समेत ११ जना संक्रमित थपिएका थिए ।

पर्साका संक्रमित २ महिला र २ पुरुष छन् ।

रौतहटका १७ जना नै पुरुष रहेका छन् । उनीहरु सबै एक साताअघि भारतबाट फर्किएका हुन् ।

हालसम्म बिहीबार एकैदिन १८८ जना संक्रमित फेला परेका हुन् । बिहीबार खोलुखुम्बु, दोलखा लगायतका हिमाली जिल्लामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।