काठमाडौं । सरकारले विद्युत उपभोक्ताका लागि भारी छुट दिने निर्णय गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले मासिक १० युनिट खपत गर्ने उपभोक्तालाई शुल्क नलाग्ने बताए।
यसबाहेक मासिक १५० युनिट बिजुली खपत गर्ने उपभोक्ताले २० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पाउनेछन्।