राष्ट्रपतिद्वारा प्रदेश प्रमुख नियुक्त, को कुन प्रदेशमा?

राष्ट्रपतिद्वारा प्रदेश प्रमुख नियुक्त, को कुन प्रदेशमा?

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन्। आइतबार सबै प्रदेश प्रमुखलाई पदमुक्त गर्दै सरकारले सोमबार नयाँ प्रदेश प्रमुख नियुक्तका लागि सिफारिस गरेको थियो।

निर्णय अनुसार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा लितक परियार, प्रदेश ३ मा विष्णु प्रसाईँ चयन भएका छन्।

यस्तै, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव चयन भएका छन्। निर्णय अनुसार कर्णाली प्रदेशको प्रदेश प्रमुखमा गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्त चयन भएकी छन्।