प्रधानमन्त्री ओली रुष्ट भएपछि फेरिए स्वास्थ्य सचिव, यादव कोइराला मन्त्रिपरिषद् कार्यालय तानिए

प्रधानमन्त्री ओली रुष्ट भएपछि फेरिए स्वास्थ्य सचिव, यादव कोइराला मन्त्रिपरिषद् कार्यालय तानिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन महिना नपुग्दै पुनः स्वास्थ्य सचिव फेरिएका छन् । स्वास्थ्य सचिव यादव कोइरालाले कोरोना महामारीको बेला प्रभावकारी काम गर्न नसकेको भन्दै पछिल्ला दिनहरुमा प्रधानमन्त्री केपी ओली रुष्ट हुँदै आएका थिए ।  

मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयको सचिवको रुपमा पठाउने निर्णय गरेको छ । सचिव अर्यालले आइतबार स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने बताए । 

मन्त्रिपरिषदले हालका स्वास्थ्य सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ । तीन महिना अगाडि सचिव कोइरालालाई  मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी दिएको थियो ।