सरकारको निर्देशन, ‘गणतन्त्र दिवसमा तीन दिन दीपावली गर्नू’

सरकारको निर्देशन, ‘गणतन्त्र दिवसमा तीन दिन दीपावली गर्नू’

काठमाडौंः  सरकारले गणतन्त्र दिवसमा तीन दिन दीपावली गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय अनुसार जेठ १४, १५ र १६ गते साँझ दीपावली गर्न निर्देशन दिइएको हो । गृह मन्त्रालयले सबै निकायलाई यसबारे सूचित गरिसकेको छ । 

सरकारले तीनै तहका सरकार, सबै सरकारी कार्यालय, विदेशस्थित दूतावास, नियोग र वाणिज्य दूतावासलाई पनि निर्णयको जानकारी गराएको छ । 

यस्तै, सरकारले आम नागरिक र गैरसरकारी संस्थालाई पनि दीपावली गर्न आग्रह गरेको छ ।