अमेरिका र भारतसँग सम्बन्ध बिग्रिएसँगै चीनका सेनालाई युद्धको तयारी तीव्र पार्न राष्ट्रपति सीको निर्देशन

अमेरिका र भारतसँग सम्बन्ध बिग्रिएसँगै चीनका सेनालाई युद्धको तयारी तीव्र पार्न राष्ट्रपति सीको निर्देशन

चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् । जनमुक्ति सेना र जनमुक्ति सशस्त्र बलका प्रतिनिधिसँगको छलफलका क्रममा उनले सो निर्देशन दिएका हुन् । करिब २० लाख सैनिक रहेको चिनियाँ जनमुक्ति सेना वर्तमान विश्वको सबैभन्दा ठूलो सैनिक संगठन हो । 

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार जिनपिङले सेनालाई सबैभन्दा खराब अवस्थाको कल्पना गर्दै युद्धका लागि आफ्नो प्रशिक्षण र तयारीमा तिव्रता ल्याउन तथा हरेक कठिनाईलाई प्रभावकारी ढंगले नियन्त्रणमा लिन निर्देशन दिएका हुन् । 

चीन र अमेरिकाबीच कोरोना संक्रमणलाई लिएर तथा चीन र भारतबीच पछिल्लो समयमा सीमा क्षेत्रमा बढ्दो तनाव, ताइवानसँग अमेरिकी निकटता र दक्षिण चीन सागरमाथि खडा गरिएको विवादबीच उनको यस्तो भनाई बाहिर आएको हो । 

भारतसँग सीमा विवाद बढ्दै जाँदा चीनले लद्दाखको पेंगोंग क्षेत्र र सिक्किमको नाथु–ला क्षेत्रमा सैनिक उपस्थिति बढाएको छ ।