संविधान संशाेधन विधेयक संसदमा पेश हुँदै

संविधान संशाेधन विधेयक संसदमा पेश हुँदै

काठमाडौँ । निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव बुधबार संसदमा पेश हुँदैछ ।

कानून मन्त्रालयले गएको शुक्रबार संसद सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ दर्ता गरेकाे थियो ।

सोही विधेयक आज संसदमा पेश हुने कार्य सूचि तय भएकाे संसद सचिवालयले जनाएकाे छ ।

सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका संविधान संशोधन गर्न लागिएको हो ।