थप २१ जना काेराेना संक्रमित निकाे भएर घर फर्किए

थप २१ जना काेराेना संक्रमित निकाे भएर घर फर्किए

काठमाडौं  । नेपालमा थप २१ जनाले काेराेना भाइरसविरुद्धकाे लडाइँ जितेका छन् ।

नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ जना निकाे भएका हुन् ।

उनीहरुकाे पछिल्ला पीसीआर रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालले गएराती साढे १० बजे डिस्चार्ज दिएकाे हाे ।

 याे सँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्कनेकाे संख्या १७६ पुगेको छ ।