कपिलवस्तुको एकै गाउँपालिकामा २४ जना संक्रमित थपिए, सबै भारतबाट आएका

कपिलवस्तुको एकै गाउँपालिकामा २४ जना संक्रमित थपिए, सबै भारतबाट आएका

कपिलवस्तुमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका २४ जना नै भारतबाट आएको खुलेको छ । मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको थियो । २०६ जनाको नमूना संकलनमा २४ जनामा कोरोना पुष्टि भएको हो । 

प्रतिष्ठानका अनुसार उनीहरु सबैको ट्राभल हिस्ट्री भारत रहेको छ । भारटबाट आएर उनीहरु अनिरुद्र माविको क्वारेन्टाइनमा बसेका थिए । 

जसमा कपिलवस्तु यशोधरा गाउँपालिका १ का २०, २४, ३०, ३०, ३०, ३०, ३४ ३४, ३५, ३६, ४० र ५५ वर्षका १२ जना पुरुष छन् । यस्तै, सोही गाउँपालिका २ का २, २२, २३, ३५ र ४४ वर्षका व्यक्तिहरु छन् । जसमा चार जना पुरुष र एक दुई वर्षीय बालिका छिन् । 

यस्तै वडा नम्बर ८ का ७ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । 

नेपालमा हालसम्म संक्रमितको संख्या ७७२ पुगेको छ । कोरोनाबाट चार जनाको ज्यान जाँदा १५५ जना उपचारपछि घर फर्किएका छन् ।