रुकुम घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार समितिको माग

रुकुम घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार समितिको माग

काठमाडौंः नेपाल बार एशोसिएनको मानव अधिकार समितिले रुकुम चौरजहारी घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। जाजरकोटका तीन युवाको ज्यान लिनेगरी भएको उक्त घटना प्रचलित संविधान र कानुन विपरीत भएको समितिको भनाई छ ।

समितिले घटना नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय अनुबन्धन, संविधान र कानुन विपरीत भएको पनि ठहर गरेको छ।

उक्त घटनामा तीन युवाको ज्यान गएको छ। जातीय विभेदमा भएको घटनामा अन्य तीन युवा बेपत्ता छन्। ११ जना घाइते भएका छन् ।

समितिले घटना मानवका लागि लज्जाको विषय पनि भनेको छ । समितिले दोषीमाथि कारबाही र पीडितलाइ क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।