टोखाका संक्रमित एकजना किराना पसले, अर्का ज्योतिष

काठमाडौंको टोखा नगरपालिकामा भेटिएका २ कोरोना भाइरस संक्रमितमध्ये एकजना किराना पसले र अर्का ज्योथिष भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका हुन् ।

एक प्रहरी अधिकारीका अनुसार काठमाडौंमा देखिएका तीन संक्रमितमध्ये एकजना पसल सञ्चालक, ज्योतिष र अर्का एकजना बिरामी बोक्ने गाडीका चालक हुन् । एम्बुलेन्स उपलब्ध नभएको अवस्थामा नगरपालिकाकै आग्रहमा उनले गाडीमा बिरामी ओसार्दै आएका थिए ।

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको मेयर प्रकाश अधिकारीले जानकारी दिए

उनकाअनुसार नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । दुई जनाको पोजेटिभ आएको छ भने अरुको रिपोर्टबारे खबर आएको छ ।