राष्ट्र बैंकले भन्याेः पूर्वराजाकाे फाेटाे भएका नाेट चलनचल्तीमा नल्याउनु !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित कुनै पनि नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएकाे छ । 

आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले पूर्वराजाको तस्बिर अंकित नोट बजारमा नपठाउन निर्देशन दिएको हो।

राष्ट्रबैंकले त्यस्ताे नाेट भए लिन सकिने तर बाहिर पठाउन भने नकसकिने जनाएकाे छ ।

नेपालमा राजतन्त्र अन्त्य भएकाे १५ वर्ष वितिसक्याे । राजतन्त्र कायम रहुन्जेल राजाकाे फाेटाे अंकित नाेट छाप्ने गरिन्थ्याे । तत्कालिन अवस्थामा छापिएका नाेट अहिलेसम्म पनि प्रयाेगमा छन् । तर अब भने राष्ट्रबैंकले ती नाेट चलनचल्तीम नपठाउन भनेकाे हाेे । 

राष्ट्रबैंकले पुर्वराजाको तस्बिर अंकित भएको नोटलाई पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गरेको मुद्रा व्यवस्थापन विभागले जनाएकाे छ । 

कुनै व्यक्ति वा संस्थासँग भएको नोट लगे त्यस बापत राष्ट्र बैंकले चलनचल्तीका नयाँ नोट दिनेछ।

परिपत्रमा झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्याचिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशन नगर्न भनिएको छ।