माछा मार्ने र पौडी खेल्ने क्रममा तामाकोशी नदीमा दुई युवा बेपत्ता

माछा मार्ने र पौडी खेल्ने क्रममा तामाकोशी नदीमा दुई युवा बेपत्ता

काठमाडौंः तामाकोशी नदीमा माछा मार्ने क्रममा एक युवा बेपत्ता भएका छन् । माछा मार्न र पौडीले खेल्ने क्रममा उनी बेपत्ता भएका हुन् । मेलुङ गाउँपालिका १ का दीपक भुजेल बेपत्ता भएका वडाध्यक्ष ईश्वर कोइरालाले बताए ।

माछा मार्ने क्रममा तामाकोशीको चैते घाट नजिकैबाट बेपत्ता भएका हुन् । ३६ वर्षीय उनको खोजी कार्य भइरहेको छ ।

यस्तै, कालिञ्चोक गाउँपालिकाका एक युवा पनि तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय नवराज पौडेल बेपत्ता भएका हुन् । दुबै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।