वन कार्यालय दोलखाकी प्रमुख शन्तमाया श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौंः डिभिजन वन कार्यालय दोलखाकी प्रमुख शन्तमाया श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठ व्यापारीसँग घुस लिएर काठमाडौं आउँदै गर्दै करिब दुई महिनाअघि श्रेष्ठ झत्तपुरबाट पक्राउ परेकी थिइन् ।

अख्तियारले श्रेष्ठसँग दुई लाख तीन हजार पाँच सय रुपैयाँ बिगो दाबी गरेको छ । घुसबापत लिएको रकम जफत गर्न पनि माग गरिएको छ ।

दशौं तहकी अधिकृत श्रेष्ठ डिभिजन वन कार्यालय प्रमुख हुन् ।