संक्रमित नै भाग्न थालेपछि नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन

संक्रमित नै भाग्न थालेपछि  नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कोरोना भाइरस संक्रमित नै भाग्न थालेपछि जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो । नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् ।