स्वयम्भू प्रहरी चौकीका असईले गोली हानी गरे आत्महत्या

स्वयम्भू प्रहरी चौकीका असईले गोली हानी गरे आत्महत्या

स्वयम्भू प्रहरी चौकीमा कार्यरत असई विष्णुप्रसाद कार्कीले गोली हानेर आत्महत्या गरेका छन्। उनले आफ्नो दाहिने कञ्चटमा पेस्तोलबाट गोली हानेका हुन्।

उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान जारी रहेको अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए। राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठा गएका उनी मृत फेला परेका हुन्। बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लगाइएको र ढोका फोरेर हेर्दा कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

कार्कीले आफ्नै पेस्तोलले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।