ग्राण्डीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, अस्पताल सिल गरियो

काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । उनी ग्राण्डीका कर्मचारी भएको स्रोतले बताएको छ ।

संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पताल स्रोतले बताएको छ । कर्मचारीमा संक्रमण पुष्टि भएपछि यतिबेला अस्पताल सिल गरिएको छ । उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ ।