काठमाडौंको ग्रान्डी अस्पतालका बिमारीमा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी

काठमाडौंको ग्रान्डी अस्पतालका बिमारीमा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी

शनिबार बिहान कोरोना संक्रमणको पुष्टि भएका काठमाडौंका पुरुष धापासीस्थित ग्रान्डी अस्पालमा उपचाररत बिरामी रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार उनलाई टेकु अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार बिहान अध्यावधिक गरेको कोरोना संक्रमणको विवरणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएका जानकारी दिएका थियो।

ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले अस्पतालमा कोरोना संक्रमित भेटिएको स्वीकार गरेपछि यसबारे थप विवरण दिन चहेनन् । संक्रमितको कन्ट्र्याक ट्रेसिङमा स्वास्थ्य सेवा विभाग रोग नियन्त्रण तथा इपीडिमियोलोजी महाशाखाको टोली खटिसकेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए।