केएमसीको आइसोलेसनमा १ जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

केएमसीको आइसोलेसनमा १ जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं मेडिकल कलेज (केएमसी)को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो ।

३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५-७० वर्षीय ति व्यक्तिको कोरोनाको आशंकामा पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको छ । अस्पताल भर्ना गनुअघि उनको आरडीटी नगरिको बताइएको छ ।