ओम्नीलाई कालाेसूचीमा राख्ने प्रक्रिया किन अघि बढेन ?

काठमाडौं । सरकारले चर्काे विवादपछि स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिसँग गरेकाे सम्झाैता रद्द गरेकाे थियाे ।

यतिमात्र हाेइन रद्द गर्ने बताइरहँदा स्वास्थ्य सेवा विभागले कालाेसूचीमा राखेर धराैटि जफत गर्ने पनि भनेकाे थियाे । तर त्याे प्रक्रिया हालसम्म सुरु हुन सकेकाे छैन ।

श्राेतका अनुसार कालोसूचीमा राख्ने प्रक्रिया प्रधानमन्त्री कार्यालयकै केही अधिकारीहरूको दबाबमा राेकिएकाे छ ।

कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएकाे भएपनि बीचैमा राकिएकाे श्राेतकाे दाबी छ ।