कपिलवस्तुका दुई पत्रकारमा जनि देखियो कोरोना

कपिलवस्तुका दुई जना पत्रकारमा जनि कोरोना भाइरस देखिएको छ । शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३० जनामध्ये दुई जना पत्रकार रहेको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान ९ बजे जारी गरेको प्रेस नोट अनुसार कपिलवस्तुमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ वर्षका दुई पत्रकारमा पनि कोरोना देखिएको हो ।

कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार बाणगंगा नगरपालिकामा शुक्रबार पहिलो पटक संक्रमण देखिएको हो। अन्य संक्रमितहरू बाणगंगा ५,७,१० र ११ का पुरूष छन्। त्यसैगरी कपिलवस्तु नगरपालिका ३ का २९ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ। मायादेवी गाउँपालिका वडा नम्बर ४ र ५ दुई पुरुष र वडानम्बर ४ की ८ वर्षीया बालिकामा पनि संक्रमण पुष्टि भएको थापाले जानकारी दिए।