काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिँदै छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टै बैठकमा प्रधानमन्त्री आ.लीले उठेका प्रश्न माथि जवाफ दिने कार्यसूची तोकिएको ।
जसअनुसार प्रतिनिधिसभाको बैठक मध्याह्न १२ बजे बस्ने कार्यसूची छ । राष्ट्रियसभाको बैठक भने ११ बजेदेखिनै बसेको भएपनि सबैभन्दा पहिला छुटेका सांसदले बोलिसक्ने र प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ ।
नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । प्रधानमन्त्री ओलीले जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।