सेतो दुर्लभ गैंडा लोप हुनबाट जोगाउन ‘संरक्षित वीर्य’को सफल प्रयोग

सेतो दुर्लभ गैंडा लोप हुनबाट जोगाउन ‘संरक्षित वीर्य’को सफल प्रयोग
विश्वमा उत्तरी सेतो गैंडा दुईवटा मात्र छन्। तर दुवै गैंडा पोथी हुन्। त्यसैले यस्ता प्रजातिका गैंडा लोप हुने अवस्थामा पुगेका छन्। दुर्लभ यस प्रजातिका गैंडा जोगाउने अभियानमा यतिबेला संरक्षणवादीहरु लागेका छन्। संरक्षणवादीहरुले सेतो गैंडा लोप हुन नदिन अन्य सेतो गैंडाको संख्या बढाउने योजना बनाएका छन्। सोही योजना अनुसार उनीहरुले संरक्षित वीर्यको प्रयोगबाट नयाँ दुईवटा सेतो उत्तरी गैंडाको भ्रुण तयार पार्न सफल भएका छन्।