मन्त्रिपरिषद् बैठक बस्दै, १५ दिन लकडाउन थप्ने तयारी

नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि सरकारले लकडाउनलाई निरन्तरता दिने भएको छ । यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको बैठकले १५ दिन लकडाउन थप्ने तयारी गरेको बालुवाटार स्रोतको दाबी छ ।

भारतमा लकडाउन खुकुलो बनाइएकाले सीमानामा नेपालीहरू आएर अलपत्र परिरहेको सन्दर्भमा उक्त विषयमा पनि आवश्यक निर्णय हुन सक्ने बताइएको छ ।

संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत आइसकेको परिप्रेक्षमा प्रवासमा रहेका नेपालीहरु पनि ल्याउने विषय पनि छलफलको एजेण्डामा रहेका छन् ।

सरकारले नेपालमा गत चैत ११ गतेदेखि लकडाउन गरे पनि नेपालमा कोरोना भाइरसको संक्रमण रोकिएको छैन । नेपालमा संक्रमितको संख्या २९१ जना पुगेको छ भने एकजनाको ज्यान गएको छ ।