लकडाउन थपिँदै, औपचारिक निर्णय गर्न साँझ मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । देशमा जारी बन्दाबन्दीबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् वैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिने छ।

जारी बन्दाबन्दीको समय भोलि सकिँदैछ।

कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप्ने सरकारले तयारी गरेको छ।