नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी छिराएको भन्दै भीम रावलको आपत्ति

नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी छिराएको भन्दै भीम रावलको आपत्ति

काठमाडौं सरकारले संघीय संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा विवादित एमसीसीको विषय समावेश गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आपत्ति जनाएका छन् । पार्टीले कुनै पनि निर्णय लिन नसकेको विषयलाई सरकारले चोर बाटोबाट नीति कार्यक्रममा समावेश गरेको भन्दै रावलले आपत्ति जनाएका हुन् ।

नीति तथा कार्यक्रममा पेस गरेको बुँदा नम्बर २११ मा लप्सेफेदी रातमाटे हेटौंडा र लप्सेफेदी रातमाटे दमौली-बुटवल चार सय केभी प्रसारण लाइनको विषयमा रावलले आपत्ति जनाएका हुन्। उक्त परियोजना एमसीसी र नेपाल सरकारबीच भएको सम्झौतामा पनि उल्लेख छ। उक्त सम्झौतामा उल्लेख भएको विषयलाई सरकारले नीति कार्यक्रममा समावेश गरेकोमा उनले आपत्ति जनाएका हुन्।