काठमाडौं । नयाँ आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुँदैछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका संघीय संसद सचिवालयले जनाएको छ।
अपराह्न ४ः०० बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । सांसदलाई मर्यादित पोशाकमा उपस्थिति हुन आग्रह गरिएको छ ।