सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसद्मा पेस हुने

काठमाडौँः सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसदमा पेस हुने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस हुनेछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रम पेस गर्नेछिन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्दै पेसका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ ।