प्रतिनिधिसभामा विषेश समय मागे गोकुल बाँस्कोटाले

प्रतिनिधिसभामा विषेश समय मागे गोकुल बाँस्कोटाले

सत्तारूढ नेकपाका सांसद पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तीन महिनापछि संसदमा बोलेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि बढाउँदा स्वीस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले ८ फागुनमा राजीनामा मन्त्री पदबाट दिएका थिए । त्यसपछि उनले पहिलो पटक संसदमा बोलेका हुन् ।

संसदमा उनले कोरोनाविरुद्ध सरकारले निकै राम्रो काम गरेको बताए । उनले कोरोनाविरुद्धको लडाइँमा महाशक्ति राष्ट्रहरू समेत कमजोर देखिएका बेला नेपाल यसको रोकथाम तथा नियन्त्रणमा सफल हुने सुखद विषय भएको बताए ।

बाँस्कोटाले प्रतिनिधिसभामा विषेश समयको माग पनि गरेका छन् । भ्रष्टाचार र कमिसनबारे खुल्ला वहश गर्न र आफूलाई लागेको आरोपबारे थप प्रष्ट पार्न उनले विषेश समय मागेका हुन् ।