भारतीय सीमानामा काडेतार लगाएर दीर्घकालीन समाधान खोजौंः वरिष्ठ नेता नेपाल

भारतीय सीमानामा काडेतार लगाएर दीर्घकालीन समाधान खोजौंः वरिष्ठ नेता नेपाल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको सीमा विवाद गर्न दीर्घकालीन समाधान खोज्न माग गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सीमामा सधैँ समस्या देखिएको सवालमा काडेतार लगाएर भए पनि दीर्घकालीन समाधान खोज्नु पर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले तत्काल आधिकारिक नक्सा सार्वजनिक गर्नसमेत माग गरेका छन् । कालापानीरलिपुलेक समेटिएको नक्सा नभएको भनी दिएको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाएका छन् ।

नेता नेपालले भिडियो कन्फ्रेन्समार्फत् तत्काल वार्ता गर्नको लागि पनि आग्रह गरेका छन् । भारतले मानसरोवार जाने बाटो एकतर्फीरुपमा खुलाएपछि पुनः विरोध चर्किएको छ ।