हाम्रो आग्रहलाई भारतले टेरेन, १९ किलोमिटर नेपाली भूमि मिच्यो: परराष्ट्रमन्त्री ज्ञवाली

भारतले नेपाली भूमि र यहाँका सम्पदा तथा खानीहरुमाथि आँखा लगाउँदै आएको छ । गत नोभेम्बर २ मा त लिम्पियाधुरा, कालापानी लिपुलेकसहित नेपालको भूमि समेटेर भारतले आफ्नो राजनीतिक नक्सा नै जारी गर्यो । तर, अहिले लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको १९ किलोमिटर नेपाली भूमि भएर तिब्बतको कैलाश मानसरोवरको जाने मार्गको गत शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेर भारतले नेपालको सावैभौममाथि प्रहार गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे जानकारी पाएर पनि विभिद प्राविधिक कारणले रोक्न नसकेको स्वीकार गरेका छन् ।
नेपाली भूमि मिचेर सडक निर्माणको प्रारम्भिक जानकारी प्राप्त पाउन साथ यसलाई रोक्ने प्रयास गरेको, तर नसकेको मन्त्री ज्ञवालीले आइतबार संसदीय समिति अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा भनेका छन् ।

सो बैठकमा मन्त्री ज्ञवालीले भारतले पछिल्लोपटक १९ किलोमिटर नेपालको भूमि मिचेको जानकारी दिए । यसबारे पहिल्यै जानकारी पाएको र आफूहरुको आग्रहलाई बेवास्ता गर्दै भारतले अटेर गरेर नेपाली भूमि मिचेको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘निरन्तर पहलका बाबजुद हाम्रो आग्रहलाई ध्यान नदिएर यो भएको हो ।’

भारतको सो कदम आफूहरुलाई स्वीकार्य नरहेको भन्दै मन्त्री ज्ञवालीले भारतको एकतर्फी निर्णय नेपालले नस्वीकार्ने बताएका छन् ।