पार्टीभित्रको आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री सक्रिय, प्रचण्ड र झलनाथसँगको भेटमा के भयो कुराकानी ?

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री सक्रिय, प्रचण्ड र झलनाथसँगको भेटमा के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन छलफललाई तीव्रता दिएका छन् । विवादास्पद २ अध्यादेशलाई लिएर नेकपाभित्र मतभेद चर्किएको छ । बैठकका एजेण्डालाई लिएर मतभेद भएपछि स्थायी कमिटी बैठक स्थगित भएको अवस्थामा प्रधानमन्त्रीले शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डसँग प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुवाटारमा भेटवार्ता गरेका थिए । भेटवार्तामा समसामयिक अवस्था र सरकारको नीति तथा कार्यक्रमका बारेमा सामान्य छलफल भएको र पार्टीभित्रको आन्तरिक विवादलाई हल गर्न पहल गर्ने सहमति भएको स्रोतको दाबी छ । प्रचण्ड लगत्तै प्रधानमन्त्री ओलीले खनालसँग भेटवार्ता गरेका थिए ।

खनाल शनिबार साढे ६ बजे बालुवाटार पुगेका थिए । पछिल्लो राजनीतिक अवस्था, स्थायी कमिटीको बैठक बोलाउने विषयमै ओलीले खनालसँग परामर्श गरेका थिए । पछिल्लो सचिवालयको बैठकपछि प्रधानमन्त्री ओली र खनालबीच सम्बन्ध चिसिएको चर्चा चलिरहेको बेला दुई नेताबीच सौहार्दपूर्ण छलफल भएकोले सहमतिमै स्थायी कमिटी बैठक बोलाउने वातावरण बनेको नेकपा सेतको दाबी छ ।

गत बुधबारको सचिवालय बैठकमा कडा अभिव्यक्ति दिएका खनालले शनिबारको भेटमा भने ओलीसँग विवादास्पद अध्यादेश स्थायी कमिटी बैठकको एजेण्डामा नराऋन पहल गर्ने बताएका थिए । प्रचण्ड र खनाल पछिल्लो समय ओलीप्रति नरम देखिएकोले नेकपाको स्थायी कमिटी बैठक छिट्टै बस्ने आँकलन गरिएको छ ।