प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे भयो यस्तो सहमति

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे भयो यस्तो सहमति

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । भेटमा आजबाट शुरु हुन लागेको बर्षे (बजेट) अधिवेशनका बारेमा कुराकानी भएको बताइएको छ । बुधबारको सचिवालय बैठक स्थगित भएपछि पार्टीभित्रको विवाद नयाँ शिराबाट अघि बढेको छ । स्थायी कमिटीको बैठक पनि स्थगित भएको छ । आजको भेटमा पार्टीभित्रको विवादलाई केहि समय थाती राखी सरकार र पार्टीको ध्यान कोरोना भाइरस र बर्षे अधिवेशनमा लगाउने सहमति अध्यक्षद्धयबीच भएको बालुवाटार स्रोतको दाबी छ ।

यसैबीच नेकपाले संसदीय दलको बैठक पनि नबोलाउने भएको छ । संसद् अधिवेशन आरम्भ हुनुभन्दा अघि दलको बैठक बसाउने परम्परा छ । कोरोनाको त्रासले बैठक बोलाउने अवस्था नरहेको ओलीले प्रचण्डलाई जानकारी गराएका थिए ।

अध्यक्षद्धयबीचको शुक्रबारको सहमतिपछि नेकपाको बहुप्रतिक्षित स्थायी समितिको बैठक अनिश्चित भएको छ । शुक्रबारको भेटमा ओलीले प्रचण्डसँग स्थायी कमिटी बैठकको एजेण्डामा विवादास्पद अध्यादेशलाई नराख्ने वातावरण मिलाउन पनि आग्रह पनि गरेको बालुवाटार स्रोतको दाबी छ ।