संघीय सांसदका ६९२ जनाको स्वाब संकलन, के आउला रिपोर्ट ?

संघीय सांसदका ६९२ जनाको स्वाब संकलन, के आउला रिपोर्ट ?


आजदेखि शुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका २७५ जना सांसदको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । हिजो र आज गरि २७५ जना सांसदसहित कूल ६९२ जनाको स्वाब संकलन गरिएको हो ।

सचिवालयका अनुसार हिजो २१२ जनाको स्वाब संकलन गरिएको थियो भने आज ६३ जना सांसदको स्वाब संकलन गरिएको छ । जसमा प्रतिनिधिसभातर्फ हिजो १७९ र आज ५३ गरी २३२ जनाको स्वाब संकलन भएको हो । त्यस्तै, राष्ट्रियसभातर्फ हिजो ३३ र आज १० गरी ४३ जनाको स्वाब संकलन भएको हो । परिक्षणको रिपोर्ट आजै सार्वजनिक हुनेछ ।

संघीय संसदका सभामुख, सांसद, अत्यावश्यक कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी हिजो कूल ४४१ जना र आज कूल २५१ जना गरी ६९२ जनाको स्वाब संकलन संघीय संसद सचिवालयले जनाएको छ । कोरोना परीक्षणका लागि ५४ जना सांसद स्वाब संकलन बाँकी रहेका छन् ।

सांसदहरूको कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण पीसीआर प्रविधिबाट हुनेछ । कार्यव्यवस्था परामर्श समितिले संसद भवन छिर्नेहरू सबैको कोरोना भइरस परीक्षणसहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेअनुसार सांसदहरूको परीक्षण गरिएको हो । आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन शुरु हुँदैछ ।