प्रधानमन्त्रीको राजीनामा मागे नेकपा फुट्छः नेता नेम्वाङ

प्रधानमन्त्रीको राजीनामा मागे नेकपा फुट्छः नेता नेम्वाङ

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवादास्पद अध्यादेश प्रकरणपछि बिवाद चुलिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र उनीइत्तरका नेताबीचको बिवाद प्रधानमन्त्री ओलीको राजीनामा मग्ने तहसम्म अगाडि बढेको छ । कार्याकारी अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल समूहले ओलीले पार्टीलाई विधानसम्मत नचलाएको भन्दै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् ।

बुधबारको सचिवालय बैठकमा बिवाद बढ्दै जाँदा प्रधानमन्त्री ओली बिचमै बैठकस्थलबाट बाहिरिएका थिए । पार्टीभित्रको बिवादकै कारण आज बस्ने भनिएको स्थायी कमिटि बैठक बस्न सकेन । यसै क्रममा नेकपा नेता तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले पार्टी एकता भाड्ने गतिविधि नगर्न नेताहरुलाई अपिल गरेका छन् ।

नेता नेम्वाङ्गले पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका केही स्थायी कमिटि सदस्यहरु बैठक माग गर्दै अलग्गै भेलामा जुटेका बेला स्थायी कमिटिकै एक प्रभावशाली नेता सुवास नेम्वाङले पार्टी संकटमा परेको बेला गुटगत बैठकको औचित्य र आवश्यकता नरहेको बताए ।

एक अनलाईनलाई अन्तवार्ता दिने क्रममा नेम्वाङले जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा मागेर अस्थिरताको बिउ रोप्ने कार्य स्वीकार्य गर्न नहुने भन्दै महाधिवेशन र अर्को निर्वाचनबाट ओली दुवै पदमा पुनः नदोहोरिने दावी समेत गरे । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले प्रष्टरुपमा, प्रष्ट शब्दमा भनिराख्नुभएको छ, म एउटै कक्ष दोहोर्‍याइराख्ने व्यक्ति होइन । अर्थात महाधिवेशनपछि महाधिवेशनपछि फेरि अध्यक्ष हुने कुनै चाहना छैन ।

नेकपाको एकता टुंगिनसकेको बेला महाधिवेशनभन्दा अघि केपी ओली वा प्रचण्ड कुनै पनि एक अध्यक्षलाई हटाउने वा राजीनामा माग्ने कुराले पार्टी एकता भंग हुने भएकोले बहुमतको नाममा अध्यक्ष हटाउनै नमिल्ने नेम्वाङको दाबी छ । बहुमतको बलमा प्रधानमन्त्रीको राजीनामा मागिए पार्टी फट्ने र नेकपाको एकताले साथएकता नपाउने नेम्वाङले बताए ।