नेकपा प्रवक्ता श्रेष्ठको अपिल, ‘पार्टीलाई फुटबाट जोगाऔँ, निजी स्वार्थ त्यागौँ’

नेकपा प्रवक्ता श्रेष्ठको अपिल, ‘पार्टीलाई फुटबाट जोगाऔँ, निजी स्वार्थ त्यागौँ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पछिल्लो समय विवाद उत्कर्षमा छ । पार्टीका गुटगत भेला जारी छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद जारी रहदा पार्टीको सचिवालय बैठक अनिर्णित भएको छ । स्थायी कमिटी बैठक सारिएको छ ।

पार्टी विवादबारे विभिन्न अड्कलबाजी भइरहेका बेला सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई फुट र बिसर्जनबाट बचाउन अपिल गरेका छन् ।

बिहीबार ट्वीटरमा पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठले पार्टी एकजुट बनाउन सबैको त्याग आवश्यक रहेको बताएका छन् ।

कांग्रेसलाई फुटबाट जोगाउन गणेशमान सिंह र किसुनजीले दिएको योगदानको श्रेष्ठले स्मरण गरेका छन् ।