कोरोनाले गर्दा होटलहरुको आम्दानी ९० प्रतिशतले गुम्दै

कोरोनाले गर्दा होटलहरुको आम्दानी ९० प्रतिशतले गुम्दै

काठमाडौँ : विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोनाको संक्रमणको प्रभावले नेपालको होटल उद्योगको कुल आयमा करिब ९० प्रतिशत ह्रास आउने प्रक्षेपण होटल संघ (हान) ले गरेको छ ।

हानले बिहीबार जारी गरेको विज्ञप्तिमा अहिले देशभरका होटल उद्योग सेवा बन्द भएका बेला सरकारले होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्न माग गरिएको छ । ‘नेपालमै रोजगारीको व्यवस्थापन गर्ने ठूलो उद्देश्यका साथ नयाँनयाँ ब्रान्डका होटल कम्पनीहरूको स्थापना भइरहेको तथा यस व्यवसायमा अत्यन्त चासो बढिरहेका बेला उत्पन्न विश्वव्यापी संकटले सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कुल आयमा करिब ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।