काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो।