नेकपाले टुंगो लगायो प्रदेश प्रमुखको नाम (नामावलीसहित)

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ वटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । हिजो मात्र शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेशप्रमुखहरुलाई पदमुक्तगरेपछि आजनै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको नेकपा हो । जसमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ ।