कोरोना संक्रमणका कारण एशिया क्षेत्रको विकास दर शून्य प्रतिशत हने

कोरोना संक्रमणका कारण एशिया क्षेत्रको विकास दर शून्य प्रतिशत हने

एजेन्सी: २०२० मा कोरोना संक्रमणका कारण एशिया क्षेत्रको विकास दर शून्य प्रतिशत हने बताएको छ । यो विकास दर सन् १९६० पछिको सबैभन्दा कम हो ।आईएमएफले एक भर्चुअल प्रेस कन्फरेन्सद्धारा एशियाको विकास दर शून्य प्रतिशत रहने बताएको हो । एशिया प्यासिफिक विभागका डाइरेक्टर चांग्योंग री ले यस्तो संकट योभन्दा पहिले कहिल्यै नआएको बताए ।

आईएमएफले यो विश्वव्यापी वित्तीय संकटभन्दा पनि खराब भएको र एशियाली देशहरुमा यससँग बच्ने क्षमता नभएको बताएको छ ।यद्यपी एक्टिभिटीको मामलामा एशियामा अन्य क्षेत्रको तुलनामा अवस्था राम्रो रहेको बताइएको छ ।आईएमएफले बिहीबार जारी गरेको वल्र्ड इकोनोमिक आउटलुकमा संक्रमणका कारण सन् २०२० मा विश्व अर्थतन्त्र तीव्र गतिमा सुस्ताउने भन्दै विकास दर ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।