प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण र समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।

आज बिहान ११ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यस बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा, भ्रमण टोलीको संरचना र द्विपक्षीय हितका विविध विषयहरूलाई अन्तिम रूप दिने बताइएको छ।