धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।

बाह्रदशी गाउँपालिका–५ स्थित चारपाने–राजगढ सडकखण्डमा गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो। मृत्यु हुनेमा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टावारीका अशोक राजवंशी रहेका छन्। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष पाठकका अनुसार मोटरसाइकल सडकमा रहेको धान काट्ने मेसिनमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।