काठमाडौँ । सेयर बजारमा आज पनि उच्च अंकको वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको थियो।
नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। यसदिन ४५० वटा स्क्रिप्सको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर ८ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँमा खरिदबिक्री भए।
आज पनि बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुधबार पनि सोही हाइड्रोको सेयर १५ प्रतिशतले बढेको थियो। सोपान फर्माक्युटिकल्सको सेयर ८.७२ प्रतिशतले बढ्दा नेपाल रिइन्स्योरेन्सको ५.६१,नेपाल फाइनान्सको ५.४९ र एनआईसी एसिया बैंकको सेयर ४.५९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्षस्थानमा रह्यो। घलेम्दीले ३५ करोड मूल्य बराबरको कारोबार गर्यो। सिद्धार्थ बैंकले २५ करोडको कारोबार गर्दा लक्ष्मी सनराइज बैंकले २४ करोड,कुमारी बैंकले २३ करोड र ग्रीन भेन्चर्सले २३ करोडको कारोबार गरे।
कारोबारमा आएकामध्ये १८१ वटा स्टक्सको मूल्य बढ्दा ९१ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य स्थिर रह्यो। सेयर बजार उच्च अंकले बढ्दा १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। बैकिङ,होटल्स एण्ड टुरिजम,अदर्श समूहको उपसूचक २ प्रतिशत बढिले वृद्धि भए।