काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३६ सवारी चालक कारबाहीमा, १०२ जना मापसे परे

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३६ सवारी चालक कारबाहीमा, १०२ जना मापसे परे

काठमाडौं।  ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ३३६ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरेको छ।

शनिबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२ जना चालक कारबाहीमा परेका हुन्।

यस्तै, सिसिटिभीमार्फत निगरानी गरी ३९ जना र रातो बत्तीको उल्लङ्घन गर्ने २० जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यसैगरी, तीव्र गतिमा सवारी हाँक्ने ५७, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ८, लेन अनुशासन पालना नगर्ने ३, सवारीको यान्त्रिक अवस्था ठिक नराखी चलाउने २ र अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने १०५ जना चालकलाई कारबाही गरिएको छ।